नेपालले नाप्यो सगरमाथाको उचाई, जान्‍नुस् यी १४ तथ्य

११ जेठ, काठमाडौं । नेपालले पहिलो पटक आफैँ सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको टोलीले सगरमाथाको उचाई मापन सर्वेक्षण गरेर फर्किएको छ। भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालका अनुसार अबको छ महिनामा नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर मापन गरिएको सगरमाथाको उचाई पत्ता लाग्‍ने छ। नेपालले आफैँ सगरमाथा मापन गर्ने क्रममा केही रोचक तथ्यहरु निस्किएका छन्। सगरमाथाको मापन र यससँग जोडिएका १४ तथ्य : • नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाई मापन गरिरहेको छ। २०७५ चैत २७ गते काठमाडौंबाट हिँडेको टोली जेठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरो पुगेको थियो। • संसारको सबैभन्दा अग्लो चुचुरोको उचाई करिब १७० वर्षअघि मापन भएको थियो । तर नेपालले आफैँ पहिलो पटक मापन गर्दैछ। • सन् २००५ मा चीनको नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङले सगरमाथाको उचाई ८८४४.४३ मिटर मापन गर्‍यो। • अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाई रहेको उल्लेख गरेको थियो। • इटालीले पनि सन् १९९२ मा सगरमाथाको उचाई ८८४८.६५ मिटर मापन गर्‍यो। • सन् १९७५ मा चीनले सगरमाथाको उचाई ८८४८.१३ मिटर मापन गर्‍यो। • सन् १९५४ मा सर्भे अफ इण्डियाले सगरमाथाको उचाई ८८४८ मिटर मापन गर्‍यो। र, हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाई मान्दै आएका छौँ। • सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाई मापन गर्‍यो। तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो। • नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट र फूलचोकी लगायत काठमाडौं वरिपरिका डाँडालाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाई बढेको पाइयो । • वि.सं. २०७२ सालको भुकम्पका बेला सगरमाथा बेस क्याम्पमै १२ जनाको मृत्यु भयो । • संसारभर यतिबेला सगरमाथाको उचाईको विषयमा फरक फरक प्रश्न उठेका छन्। यसै सन्दर्भमा भारतले यसको उचाई मापन गर्ने इच्छा व्यक्त गरेको थियो। • संसरभारका विभिन्‍न राष्ट्रका नाप नक्सासम्बन्धी वैज्ञानिकको अन्तराष्ट्रिय कार्यशालको सुझावअनुसार सगरमाथाको उचाई जिएनएसएस प्रविधिलाई नाप्‍ने निर्णय भयो। जसमा इटालियन, चिनियाँ, भारतीय, अमेरिकन, न्यूजील्याण्ड र जापान हितका नौ देश छन्।

थाहा खबर

तपाईको प्रतिक्रिया