विश्व धुम्रपानरहित दिवस नेपालमा पनि मनाइयाे

१७जेठ, धुम्रपान नगर्न आह्वान गर्दै । शुक्रबार बिहान काठमाडौंमा विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा प्रभातफेरी कार्यक्रम आयोजना गरी धुम्रपानरहित दिवास मनाइएको छ । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, वीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संघका अध्यक्ष दिवाकर राजराजकर्णिकारले धुम्रपान नियन्त्रणका लागि हरेकलाई पहल गर्न आह्वान गरे ।

उनले क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने धुम्रपान नियन्त्रणको लागि घरघरबाटै पहल गनुपर्ने बताए । चिकित्सकहरुले धुम्रपान नियन्त्रणका लागि यसको उत्पादननै बन्द गराउन पहल गर्न सबै समूदायलाई आह्वान गर्दै आएका छन ।

प्रभातफेरीमा स्वास्थ्यकर्मी, कलेज तथा विद्यालय तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले ‘धुम्रपानको खेती, जीवनको क्षति’, ‘धुम्रपानले लिन्छ ज्यान’ लगायतका जनचेतनामूलक सन्देश लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपालमा हरेक वर्ष धुम्रपानकै कारण २५ हजार भन्दा बढिको ज्यान जाने गरेको छ । यसको नियन्त्रणका लागि सरकारले कानुन निर्माण गरेपनि कार्यान्वयन भने प्रभावकारी ढंगले हुन नसकेको सम्बन्धित निकायहरु आफैंको स्विकारोक्ति छ ।

तपाईको प्रतिक्रिया