पुष्पाको ‘दिलको फ्रेममा’ रवि

काठमाडौ- रिलिज भएको छोटो समयमा नै गायिका पुष्पा पौडेलको स्वरमा समावेश ‘दिलको फ्रेम’ले चर्चा पाइरहेको छ । दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक रवि ओडले पुष्पालाई गायनमा साथ दिएका छन् । देभल भण्डारीको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ ।

यो समाचार तयार पार्दासम्म युटु्युव ट्रेण्डिगंको १७ औँ नम्बरमा आएको गीतले करिब साडे ६ लाख दर्शक पाइसकेको छ ।

सुब्रतराज आचार्यको निर्देशन रहेको गीतको भिडियोमा नायक पुष्पल खड्का, नायिका आँचल शर्माको मोडलिङ हेर्न सकिन्छ । रवि ओडले पनि अभिनय गरेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । सुरेन्द्र बस्यालको यसमा कोरियोग्राफी छ ।

तपाईको प्रतिक्रिया