राजेश हमाल ५५ औँ बर्षमा

काठमाण्डौ । सुपरस्टार राजेश हमाल आइतवारबाट ५५ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए ।  आफ्नै मामा स्वर्गीय दीपक रायमाझी निर्देशित यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।
यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।
‘हामी तीन भाइ, देउता’, ‘अल्लारे’, ‘अजम्बरी नाता’, ‘पालेदाई’, ‘आशीर्वाद’ जस्ता फिल्म उनका हिट मानिन्छन् । धेरै निर्मातालाई धनी बनाएका उनका फिल्म समिक्षकको नजरमा भने उत्कृष्ट ठहरिन खासै सकेनन् । एक समय उनी नेपाली फिल्मका निर्विकल्प अभिनेता थिए ।

। राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा ९एम ए अङ्ग्रेजी० भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

तपाईको प्रतिक्रिया