बंगलादेशलाई अफगानिस्तानको डर

आईसीसी । एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) बंगलादेश र अफगानिस्तान भिड्दैछन् । रोज बल स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बंगलादेश अफगानिस्तानलाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ । विश्वकपबाट बाहिरि सकेको अफगानिस्तान पनि पहिलो जित निकाल्ने अभियानमा छ ।

यसअघि ६ खेल खेलेको बंगलादेश पाँच अंक सहित छैटौं स्थानमा छ । अंकबिहिन अफगानिस्तान तालिकाको अन्तिमममा छ । यस विश्वकपमा अफगानिस्तान सबैभन्दा कमजोर टोली हो । अफगानिस्तानको विश्वकपमा दोस्रो सहभागिता हो । बंगलादेश छैटौं पटक विश्वकप खेलिरहेको छ ।

अफगानिस्तानको तुलनामा बंगलादेश बलियो देखिएको छ । यी दुवै टोलीले जारी विश्वकपमा ६ खेल खेलिसकेका छन् । बंगलादेशले दुई खेल जितेको छ । तीन खेलमा हार खेपेको छ । बंगलादेश र श्रीलंकाबीचको एउटा खेल वर्षाका कारण रद्ध भएको थियो । सबै खेलमा पराजित अफगानिस्तानका लागि बंगलादेशविरुद्धको खेल प्रतिष्ठाको लडाइ मात्र हुनेछ ।

यद्यपी अफगाािस्तानको ब्याटिङ र बलिङ दुबै कमजोर छ । यसको विपरित बंगलादेश सबै पक्षमा सन्तुलित छ । विगतको भिडन्तमा पनि अफगानिस्तानभन्दा बंगलादेश बलियो देखिएको छ । विश्वकपमा यसअघि यी दुई टोली एक पटक भिडेका थिए । उक्त खेलमा बंगलादेश विजयी भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने अभियानमा रहेको बंगलादेश र प्रतिष्ठाका लागि खेल्ने अफगानिस्तानबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

रातो पाटी बाट

तपाईको प्रतिक्रिया