सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमारे फाँटमा कार दुर्घटना दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । बीपी राजमार्गमा बा १ च नम्बरको कार दुर्घटना हुँदा काठमाडौं महानगरपालिका २१ नयाँ बानेश्वरकी ४६ वर्षीया हेमा लामिछाने र सोही ठाँउका ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विपी राजमार्गअन्तर्गत खोटाङको हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा१३च ३७९३ नम्बरको कार गएराति आफैं अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

खोटाङ जिल्लामा अवस्थित हलेसी महादेवको दर्शन गरेर काठमाडौं फर्कने क्रममा कार राती बार्ह बजेतिर सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया