भक्तपुर हत्याकाण्ड

निर्दयी छोरी : जसले प्रेममा बाधक भएपछि ‘कन्ट्रयाक्ट किलर’ बाट आमाको घाँटी रेटेर हत्या गरिन

भक्तपुर । भक्तपुरको चाँगुनारायण-७ की सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार प्रेममा बाधक भएको भन्दै उनले आमाको हत्या गर्न लगाएकी हुन्। ईश्वरीसहित अन्य चारजना पनि पक्राउ परेका छन्।

भट्टराईको आइतबार बिहान चक्कु प्रहार गरी भएको हत्या भएको थियो । हत्याको अनुसान्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा ईश्वरीका प्रेमी मोहमद नवशाद रहेका छन्। त्यसैगरी भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए।

आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरिएको थियो।

तपाईको प्रतिक्रिया