सन्तोष लामाको आवाजमा “आधा मुटु” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । मोडल रोजन सुन्दासको अभिनयमा “आधा मुटु” बजारमा आएको छ । पछिल्लो समय केही म्युजिक भिडियोमा देखिएका सुन्दासको अभिनयमा अर्को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गायक सन्तोष लामाको आवाजमा रहेको यस गीतमा देबेन्द्र पुवारेको शब्द तथा बीबी अनुरागीको सङ्गीत रहेको छ ।

हाङ चेमजोङको निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन दीपक पौडेलले गरेका छन् । सम्पादन भने रमेश थापाको रहेको छ । भिडियोमा मोडल सुन्दास सँगै इन्दु बसिलको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया