चर्चित गयिका रुपा घर्ती मगर कोरियामा पहिलो बर्षमै उत्कृष्ट बन्यो “दुर्गा रोधी घर”

द.कोरिया–  कोरिया भिजिटको प्रमुख गन्तव्य मध्यएक हो, बुसान । हरेक बर्षको गर्मीयाम मा वैदेशिक रोजगारीलाई गन्तव्य बनाएर दक्षिण कोरिया पुगेका नेपाल सहित अन्य १५देशका नागरिक जाने र रमाउने ठाउँ हो बुसान । र दिनभर रमाइलो गरिसके पछि सबैजसो बिदेशीको मुख्य आकर्षण को बिन्दुमा पर्छ किम्हे सहर।

सोही सहरमा उत्कृष्ट सेवा सहित सफलतापुर्वक विभिन्न सेवा सुबिधा दिदै दुर्गा रेस्टुरेन्ट बाट सन्चालित दुर्गा रोधि घरले पहिलो बर्ष पार गरेको

सु-अवसर मा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। साथै किम्हे लगायत कोरियाको विभिन्न ठाउँमा छरिएर रहेका नेपाली ठेट स्वादका पारखि तथा लोक , अाधुनिक र पपगितका शुभचिन्तक नेपालि मनहरुलाई गर्मि बिदाको सु-अवसरमा लगातार सेवा , मनोरञ्जन र भेटको संगम बनाउने उद्देश्यले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित ख्यातिप्राप्त गायिका “रुपा घर्ती मगर” चर्चित लोकगायक ” सुरज कुवँर र सुरेन घताङको साथमा भब्य र सभ्य रुपमा सम्पन्न हुन गैरहेको गर्मी विदा विशेष कार्यक्रममा दुर्गा रोधिघरले कोरियाबासी नेपाली मनहरुमा हार्दिक निमन्त्रणा गरेको छ।

 

चर्चित गायिका रुपा घर्ती मगर

गायक सुरज कुवँर

गायक सुरेन धताङ

तपाईको प्रतिक्रिया