कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाफल सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाखमा लिएकाे परीक्षाको नजिता प्रकाशित गर्न आज दिउँसो ४ बजे बोर्ड बैठक बोलाइएकाे छ ।

नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर आजै नतिजा प्रकाशन गर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।‘लगभग धेरैजसो तयारी पूरा भएको छ, काम गर्दागर्दै कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गछौं।’

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो।

मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए। गतवर्षदेखि सबै संकाय र विषयकोनतिजा एकैदिन गर्ने गरिएको छ। त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो।

 

तपाईको प्रतिक्रिया