‘राजेन्द्र महतो’को नागरिकता खारेज !

काठमाडौं । सरकारले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरेको छ। साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका ८ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाकारी दिए।

उनका अनुसार महतोसहित अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरिएको हो।

तपाईको प्रतिक्रिया