नेपालमा नागरिकता रद्द गर्दा भारतमा तरंग

काठमाडौं । सरकारले ८ नेपाली नागरिकता रद्द गरेपछि भारत तरंग पैदा भएको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ८ जना नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय साउन १९ गते सार्वजनिक गरिएको थियो । निर्णय सार्वजनिक भएसँगै भारतमा पनि यसको चर्चा सुरु भएको हो ।

भारतीय मिडियाहरूले विभिन्न व्यक्तिहरूसँग नेपाल सरकारले गरेको निर्णयबारे प्रक्रिया लिएका छन् । उनीहरूले लिएको प्रक्रियामा गम्भीर भएर मात्र नागरिकता रद्द गर्नुपर्ने धारणा राखेका छन् । भारतीय अनलाइन संस्करण टाइम्स अफ इण्डिया, इण्डिया टुडे, द विक इन लगायतका सञ्चारमाध्यमहरूले धारणा लिएका थिए ।


यो पनि पढ्नुहोस:- ‘राजेन्द्र महतो’को नागरिकता खारेज !


भारतको सरकारी समाचार एजेन्सी पीटीआईले बनाएको समाचार अधिकांश भारतीय मिडियाले प्राथमिकतासाथ सम्प्रेशण गरेका थिए । पीटीआईले नेपालमा नागरिक रद्द गरिएको सम्बन्धमा राष्ट्रिय जनता पार्टी (राजपा) नेताहरूको धारणा लिएको थियो । प्रतिक्रिया दिने क्रममा राजपा नेता राकेश मिश्रले नागरिकता रद्द गर्दा गम्भीर रूपमा छानविन गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया