ओलीको अनुपस्थितिमा सचिवालय बैठक प्रचण्डले संचालन गर्ने

नेकपाका । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष दाहाललाई दिएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि अहिले केहीबेर पछि सिंगापुर जादै हुनुहुन्छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ८÷१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष दाहालको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको थियो ।

सहमतिपछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन् । बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।रातो पाटी बाट

तपाईको प्रतिक्रिया