भक्तपुरको चारदोबाटोमा मोटरसाइकल र स्कुटर ठोक्कियो, चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा भक्तपुरबाट काठमाडौं जादैं गरेको बा. ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जाँदै गरेको बा.६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका छन् ।

उक्त दुर्घटनामा दुबैतर्फ सख्त घाइते भएकोमा मोटरसाइकल चालक मध्यपुर ९ का २२ वर्षका राजेश गोजाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक प्रविण लोहलाको उपचार भइरहेको र यसबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई रहेको छ ।

बिशाल बि सी

तपाईको प्रतिक्रिया