महिला सांसदसँग ‘संसदीय अभ्यास सम्बन्धि’ अन्तरक्रिया

काठमाडौं ।  प्रतिनिधिसभामाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।

संसद सचिवालयले मंगलबार संघीय भवन नयाँ बानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धि अन्तरक्रियामा उनले महिला सांसदहरुको भूमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताइन् । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने सवालमा अन्तरक्रिया प्रभावकारी बन्नुपर्ने उल्लेख गरिन् ।

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले संसदीय अभ्यास राम्रा, नराम्रा दुवै रहेको भन्दै राम्रा अभ्यासको मात्रै अनुकरण गर्न सुझाव दिए । विषयको गाम्भीर्यता हेरेर शुन्य, विशेष र ढ्यापढ्यापे समयको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए ।

नयाँ पत्रिका  वाट

तपाईको प्रतिक्रिया