देश बिकाशका लागि कांग्रेसनै चाहिन्छ: सहमहामन्त्री महत

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेपाललाई कम्युनिस्टहरुको दुस्च्रकबाट मुक्त नबाएसम्म नेपाल समृद्धि मुलुक बन्न नसक्ने दाबी गरेका छन। आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले देशलाई अराजकता तिर लैजान खोजेको भन्दै त्यो कार्य रोक्न कांग्रेसका सबै कार्यकर्ता लाग्नु पर्ने बताए। उनले नेपालमा कानुनी शासनको लागू गर्न र नेपालीलाई सुखी बनाउन कांग्रेसनै चाहिने पनि जिकिर गरे। बिश्वभर असफल भैरहेको कम्युनिस्ट सिधाान्तले नेपाललाई बिकशित राष्ट्र बनाउन छ भनेर परिकल्पना सम्म पनि गर्न नसकिने उल्लेख गरे। महतले कांग्रेस प्रचारमुखी नभएर काम मुखी भएको छ भने कम्युनिस्टहरुले कामलाई बेवास्ता गर्दै प्रचार तिर लागेको आरोप समेत लगाए।

तपाईको प्रतिक्रिया