बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, १७ घाइते

भद्रपुर । पूर्व-पश्चिम राजमार्गअन्तरगत झापाको कनकाई नगरपालिका १ स्थित जमुनखाडी चोकमा यात्रुवाहक बस र स्कुटर ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी १८ जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार भद्रपुर नगरपालिका ९ बस्ने २८ वर्षीया सुजन पोखरेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे११प ८९७७ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको को१ख ७२०४ नम्बरको सिमोन ट्राभल्स नामक यात्रुवाहक बसले पछाडिबाट ठक्कर दिएको थियो। स्कुटरलाई ठक्कर दिने बस अनियन्त्रित भई सडकबाट तल खसेर पल्टिएको थियो। बसको ठक्करबाट स्कुटरमा पछाडि सवार पोखरेलको गम्भीर घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। स्कुटरपछाडि सवार मृतकको श्रीमान् अर्जुनधारा नगरपालिका १ बस्ने २८ वर्षीय विनोद भण्डारी घाइते भएका छन्। बस पल्टिएर १८ जना घाइते भएको उनीहरूको बिर्तामोडका अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। बस पल्टिदा घाइते हुनेहरू बस पल्टिदा घाइते हुनेहरू माइलाम महमाई नगरपालिका ७ बस्ने ४६ वर्षीया रेणुका राई, इलाम दानावारि बस्ने ७ वर्षीय प्रतीक गिरी, इलाम माई नगरपालिका १ दानावारि बस्ने २४ वर्षीया प्रेम कुमारी प्रधान, सोही नगरपालिका १ बस्ने ६ वर्षीय जोन प्रधान, झापा अर्जुनधारा नगरपालिका ४ बस्ने ५५ वर्षीया यम कुमारी कोइराला, सोही नगरपालिका २ बस्ने २८ वर्षीय विनोद भण्डारी रहेका छन्। त्यसैगरी, सिराहा गोल बजार नगरपालिका १ बस्ने ४० वर्षीया जानुका मगर, इलाम माई नगरपालिका २ बस्ने ३५ वर्षीया माया गिरी, इलाम माई नगरपालिका ७ बस्ने १६ वर्षीया मनीषा श्रेष्ठ , अर्जुनधारा नगरपालिका ९ बस्ने ६३ वर्षीया चन्द्रकला मिश्र , इलाम माई नगरपालिका ४ बस्ने २६ वर्षीया अनिता परियार घाइते भएका छन्। त्यस्तै, अर्जुनधारा नगरपालिका ७ बस्ने १० वर्षीय ग्रिस सुवेदी, अर्जुनधारा नगरपालिका ७ बस्ने ४५ वर्षीय बासुदेब सुवेदी, इलाम माई नगरपालिका २८ वर्षीय विशाल मगर , बुद्दशान्ति गाउँपालिका २ बस्ने ५० वर्षीय केदार अधिकारी, इलाम माई नगरपालिका १ बस्ने २ वर्षीय जोसना प्रधान घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थाहा खबर

तपाईको प्रतिक्रिया