फ्यानलाई पनि म जस्तै बनाउछु भन्दै पुस्कल शर्माले गाए यस्तो गित

नेपाली लोकदोहोरीका लोकप्रिय गायका,सर्जक तथा कुशल मोडल पुस्कल शर्माका फ्यानले अभिनय गरेको नया गीत एउटा रुने मान्छे भर्खर मात्र सार्वजनिक भएको छ ।

पुस्कल शर्मा र पूर्णकला विसीको आवाज रहेको सो गीतमा माया प्रेममा धोका पाउने मायालु जोडीको कथालाई गीतमा उठाउन खोजिएको छ ।

सेन्टी शर्माको उत्कृष्ट शब्द तथा संगीत गैरेको लय सिर्जना रहेको सो गीतमा काजिश श्रेष्ठ ले म्युजिक भिडियो निर्देशन गरेका छन् भने सेन्टि शर्मा र सारिका केसीले गीतमा अभिनय गरेका छन्।

गीतलाई पुस्कल शर्माको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया