धादिंग समाज कोरियाको सहयोगमा गंगाजमुना गाउँपालिकामै पहिलो एम्बुलेन्स सेवा संचालन

काठमाडौं ।  बिभिन्न तबरले दक्षिण कोरियामा पुघ्नुभएका धादिंगेलीहरुको आर्थिक सहयोगमा जिल्लाको बिकट गंगाजमुना गाउँपालिकामै पहिलो पटक एमेबुलेन्स सेवा संचालनमा आउने भएको छ । उक्त एम्बुलेन्स गंगाजमुना गाउँपालिकाको संरक्षकत्वमा गुम्दी कल्याणकारि समाजले समन्वय गरी गुम्दी स्वास्थ्य चौकि द्वारा संचालन हुनेछ ।

एम्बुलेन्स दशैँ तिहार बिशेस कार्यक्रमको अबशरमा गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यमा आज स्वास्थ्य चौकिलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा धादिंग समाज कोरियाका बिभिन्न पदाधिकारीहरु, धादिंग समाज कोरियामा अबद्व सदस्यहरुको परिवार लगायत स्थानिय, समाजसेवी तथा बौद्विक ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यसै कार्यक्रम मार्फत सहयोगीहरुको बिबरण ताम्र पत्रमा उल्लेख गरि सार्बजानिक पनि गरिएको छ ।

गत बर्षको कोरियन चाड छुसकमा दक्षिण कोरियामा धादिङ समाज र काभ्रे सम्पर्क समिती द.कोरियाले दुबै जिल्लाको बिकट ग्रामिण क्षेत्रमा एम्बुलेन्स सेवा प्रदान गर्ने उदेश्य स्वरुप “रिदम लाईभ कन्सर्ट & सङ्गीतिक धमाका” कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम बाट सोचे जस्तो नाफा गर्न नसकिएता पनि ब्यक्तिगत सहयोग भने राम्रो जुटेको कारण सोमा केहि अपुग संस्थाको कोष बाट पुर्ती गरी आफ्नो उदेश्य पुरा गरिएको कुरा धादिंग समाज कोरियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष अधिकारीले बताउनु भयो । अहिले सम्म एम्बुलेन्स खरिद र अन्य प्रकृयाको लागि बाह्र लाख रुपैयाँ हाराहारिमा खर्च भएको कुरा पनि अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

धादिंग समाज कोरियाको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद र हस्तान्तरण सम्मको सम्पूर्ण प्रकृयाको लागि धादिंग समाज कोरियाको नेपाल समन्वय समितीका उपाध्यक्ष सुमन सिंखडाले गुम्दी कल्याणकारी समाज सँग समन्वय गर्नुभएको थियो भने यस कल्याणकारी समाजले आगामी दिनमा एम्बुलेन्स संचालनको लागि आवश्यक थप रकम जुटाउन आर्थिक संकलन अभियान पनि चलाईरहेको छ ।

सो एम्बुलेन्स संचालनको लागि गंगाजमुना गाउँपालिका वाडा नम्बर 4 (साबिक गुम्दी गाबिस) का वाडा अध्यक्षको अध्यक्षतामा गाउँपालिकाको सबै वाडा अध्यक्षहरु र स्थानिय बुद्धि जिबि तथा समाजसेवीहरुलाई समेटेर एम्बुलेन्स संचालन समिती निर्माण पनि गरिएको छ । समितिको संरक्षकमा गंगाजमुना गाउँपालिकाका अध्यक्ष र धादिङ समाज कोरियाका अध्यक्ष रहनुहुनेछ ।

आफुहरुको सहयोगमा उपल्ब्ध उक्त एम्बुलेन्स गंगाजमुना गाउँपालिका स्थित गुम्दी स्वास्थ्य चौकि बाट संचालन हुने भएता पनि सहि ब्यबस्थापन र संचालनले दिर्घकाल सम्म सम्पूर्ण धादिङ जिल्ला बासी र सम्भव भए सम्म समग्र नेपालले नै सेवा प्राप्त गर्ने आशा सहयोग दाताहरुले लिएका छन् ।

“धादिंग समाज कोरिया” केहि समय अघि नेपाल सरकारको मातहतमा बैधानिक तबरले “धादिंग समाज दक्षिण कोरिया नेपाल” को नाममा दर्ता भएको छ । समाजले केहि पहिले सदरमुकाम धादिंग बेसीमा १७ लाख रुपैयाँ लगानीमा नेपालमै नमुना आधुनिक अपागं मैत्रि सार्बजानिक शौचालय निर्माण पनि गरेको थियो भने यस समाज जिल्लागत र समग्र नेपाल तथा कोरियामा अन्य बिभिन्न किसिमका सामाजिक कृयाकलापमा निरन्तर सकृय रहँदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया