सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटना, कम्तीमा सातको मृत्यु, ५० बढी घाइते

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते भएका छन् । अहिले उद्धारको काम भैरहेको छ ।

सिन्धुपाल्चोकको सिपटारबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडवाट अन्दाजी ६० मिटर तल खसेको छ ।  दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन सकेको छैन । अहिले दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको छ । बसमा कति जना थिए भन्ने थाहा हुन सकेको छैन ।

दुर्घटनाग्रस्त बसको फोटो 

तपाईको प्रतिक्रिया