सरकारले कर माथी कर लगाएर उद्योग धन्धा खोल्ने बाताबरण बिथोल्यो: कांग्रेस सहमहामन्त्री महत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपाका अध्यक्ष केपि ओलि नेतृत्वको सरकारले कर माथी कर बढाएर नेपालमा उद्योग धन्धा खोल्ने बाताबरण बिथोलेको आरोप लगाएका छन। उद्योग धन्धा नबढे रोजगार नबढ्ने र रोजगार नबढे देश समृद्ध नबन्ने भन्दै सहमहामन्त्री महतले सरकारलाई लगानीको बाताबरण बनाउन आग्रह गरे। सहमहामन्त्री महतले आगामी निर्वाचनमा नेपालमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताएका छन। आज सिन्धुपाल्चोकको बारबिसेमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महतले कम्युनिस्टहरुले गत निर्वाचनमा भ्रमको खेती गरेर जनताको मत आफू तिर तानेको भन्दै अब ती सबै कुरा जनताले बुझिसकेको पनि जिकिर गरे। सहमहामन्त्री महतले गाउँमा बिकाश गर्न बाटोको आवस्यकता पर्ने भन्दै नेपालमा जति पनि बाटाघाटा बनेका छन ती अधिकांश बाटाघाटा हरु आफ्नो सरकारले बनाएको पनि प्रष्ट पारे। उनले शिक्षाको बिकाशमा पनि कांग्रेसको जति योगदान अरु पार्टी नगरेको उल्लेख गरे। उनले कांग्रेसमा आफैले आफ्नैलाई हराउने खेल भएको भन्दै त्यतातिर कार्यकर्ता नलाग्न आग्रह गरे।

तपाईको प्रतिक्रिया