भेटिइन् १६ वर्षीय सुन्दरी माता, कसरी प्राप्त भयो अद्भुत शक्ति

दाङ १६ कात्तिक । दाङ जिल्लाको तुल्सिपुरमा १६ बर्षेकै उमेरकी सुन्दरी माता भेटिएकी छिन् । उनी अहिले १६ वर्षकी भइन् । यती सानै उमेरमा पनि उनी माता बनेर बसेकी छिन् । झट्ट हेर्दा उनी एकदमै सुन्दरी पनि छिन् । जुन देखेर तपाइहरू आश्चर्य चकित पर्नुहुनेछ । १६ वर्षकी बालिका पढ्ने लेख्ने कलकलाउदो उमेरमा उनी माता बनेकी छिन् । उनी भूत, वर्तमान, भविष्य सबै बताउन सक्छिन् ।

उनले कसैले पनि छोएको खादैनिन्, छुट्टै खाने, छुट्टै बस्ने गर्छिन् । आखिर सोह्र वर्षकै उमेरमा किन यसरी बसिन्? सबैको चासोको विषय बनेको छ । १६ वर्षीया रोजना खड्का स्कुलमा पनि छुट्टै बस्छिन् । ११ को परिक्षा दिएर बसेकी उनी व्यवस्थापन संकायको विद्यार्थी हुन । २ वर्ष अघि देखी देवीदेवता चढेको र १ वर्षदेखि हेराउन थालेको बताउछिन् ।

रुकुम, रोल्पा, नेपालगन्ज लगायत थुप्रै स्थानबाट हेराउन आउने गरेको उनको भनाई छ । हुन त नेपालमा माता र ज्योतिषीहरू जहाँ तेही भेट्न सकिन्छ । कतिपयले यसप्रति विश्वास गर्छन् भने कतिपय बकवास ठान्दछन् तर पनि विश्वास राखेर भेट्न जानेको लर्को भने बाक्लै देखिन्छ । कतिपय ज्योतिषी, माताहरूले राजनीति सम्बन्धी भविष्यवाणी गर्ने, अभिव्यक्ति दिने गरेको पाइन्छ, जसले गर्दा विवादमा पनि परिरहेका छन् ।

तर रोजनाले भने यस्तो भविष्यवाणी क्यामेराको अगाडि गर्न चाहिनन् । यस्तै विवादमा तानिने हुनाले क्यामेरा अगाडि यस विषयमा नबोल्ने उनी बताउछिन् ।बनहरी जाँदा उनले नाग देखेको बताइन् । उनले आफुलाई त्यहाँको देवीले सपनामा बोलाएको बताइन् । कक्षा १२ पढ्दै गरेकी उनले पढाइलाई पनि निरन्तरता दिन चाहन्छिन् । त्यसैले विद्यालय जान भने छोडेकी छैनन् । विद्यालय गएर उनलाई भागवत गिता र ज्योतिष विद्या पढ्न पनि सजिलो हुने बताइन् ।

बिशाल बि सि

 

तपाईको प्रतिक्रिया