भारतीय दूतावासमा नेविसंघले बुझायो ज्ञापन पत्र

काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो।

त्यसअघि नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए।

कालापानीलगायतका नेपाली भूमिसमावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेपालमा चौतर्फी विरोध भएको छ।

Source: Setopati

तपाईको प्रतिक्रिया