सिन्धुपाल्चोको इन्द्रावती ८ मा पाँच पार्टीको उम्मेदवारी (फोटो फिचार)

 

इन्द्रावती।  आगामि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-८ मा पाँच पार्टीले उम्मेदवारी दर्ता गराएको छन्। वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ। स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षको भव्यताको साथ उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताको क्रममा सिन्धुपाल्चोकका उच्च तहको नेताहरूको उपस्थित भएका थिए। मनोनयन दर्ता कार्यक्रममा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वसांसद सुवास कर्माचार्य नेकपाको जिल्ला अध्यक्ष झम्क नेपाललगायतको नेता कार्यकताको बाक्लो उपस्थिति रहेको थियो।

त्यस्तै, नेपाली कांग्रेसका पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत, कांग्रेस सभापति विकास लामालगायतको नेता कार्यकर्ता उपस्थित भए। स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि अहिले उपनर्वाचन हुन लागेको हो। यसअघि सो वडामा नेपाली कांग्रेस विजयी भएको थियो। निर्वाचित श्रेष्ठसँग नेकपाले उम्मेदवारी खडा गरेको आचार्य ५ मतले पराजित भएका थिए। निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले ३ सय ६४ मत ल्याएका थिए। निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३ सय ५५ मत ल्याएका थिए। त्यस्तै, एमालेका सम्पूर्ण तामाङले दुई सय २१ प्राप्त गरेका थिए । राप्रपाका पूर्णबहादुर तामाङले चार मतमात्रै ल्याएका थिए।

पछिल्लो समयमा मतदाता १ सय ८३ थपिएकाले नतिजा कस्तो आउँछ आँकलन गर्न सक्ने अवस्था छैन। अहिलेको निर्वाचनमा दुवै पार्टीको आफ्नो जित हुने दाबी गरिरहेको छन्। पार्टीको उम्मेदवार चुनेपछि उनीहरू घरघरमा गएर मतदान गर्न आग्रह गरिरहेका छ्न।

तपाईको प्रतिक्रिया