भक्तपुरका उम्मेदवारबिच छलफल

भक्तपुर । मंसिर १४ हुने हुने भक्तपुर क्षेत्र नं १ क का उम्मेदबारहरुले प्रदेश सभाको निर्वाचनमा विकासे झुठा नारा दिने उम्मेदबारहरुप्रति सचेत रहन मतदातालाई आग्रह गरेका छन् । प्रदेश सभामा निर्वाचित सदस्य साँंसदहरुले ऐन कानुन बनाउने काम गर्ने भएकाले उनीहरुले दिने विकाशे नारा झुठो हुने उनीहरुले दावी छ ।
प्रेस मिट सेन्टर अफ भक्तपुरले विहीबार भक्तपुरमा गरेको उम्मेदबारसँंगको साक्षात्कारमा साझा पार्टीका उम्मेदबार सुरज प्रधानले प्रदेश सभामा निर्वाचित साँंसदहरुको काम विकास गर्ने नभएको बताए । उनीहरुको काम ऐन कानुन बनाउने रहेकोले उनीहरुले दिने विकासे नारामा नफस्न उनले सचेत गराए । यही कारण आफनो पार्टीबाट निर्वाचित प्रदेश सभा ३ का तीनजना साँंसदहरुले निर्वाचन क्षेत्र विकास कोषको रकमलाई अश्वीकार गर्दै आएको उनले बताए । सरकारले प्रति प्रदेश साँंसद तीन करोड रुपैयाँं दिने गरेको छ ।
कार्यक्रममा राष्टिय प्रजातन्त्र पार्टीबाट उम्मेदबार श्याम नेपालले ठूला पार्टी भनाउँंदाहरुले चरम भ्रष्टाचार गरेको आरोप लगाए । उनले त्यसको अन्त्यको लागि आफनो उम्मेदबारी रहेको बताए । उनले राजसंस्था पुनस्थापना र देशको सिमा रक्षा आफनो आफनो मुख्य एजेन्डा रहेको बताए । उनले ठूला दलहरुको आश्वासनमा नझुकिन अनुरोध गरे ।

तपाईको प्रतिक्रिया