मध्यराति अस्पतालमा ओली र प्रचण्डको गोप्य वार्ता

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ । एक साता अघि एपेन्डिसाइटिस्का शल्यक्रिया गरेका प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरको आईसीयूमा भर्ना भएर स्वास्थ्य उपचार गराइरहेका छन् ।

अस्पतालमै रहेर उपचार गराइरहेका प्रधानमन्त्री ओली र प्रचण्डबीच आइतबार मध्यराति गोप्य वार्ता भएको हो । आइतबार मध्यराति प्रचण्ड अस्पताल पुगेर ओलीलाई भेटेका हुन् । उनीहरुबीच भएको गोप्य वार्ताको विषय के थिया भनेबारेमा खुलिसकेको छैन ।

गोप्य भेटवार्तामा उपनिर्वाचनको परिणाम, सरकार संचालन र पार्टीका केहि विषयमा छलफल भएको बताइए पनि धेरैले यसलाई विश्वास गरेका छैनन् । उक्त विषयमा छलफल गर्न मध्यराति प्रचण्ड अस्पताल पुगेर ओलीलाई भेट्न जानु नपर्ने भन्दै नेकपाभित्रै तरंग सृजना गरेको छ ।

नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेका बेला बिरामी भएका प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका प्रचण्डले ओलीलाई मुलुकको पछिल्लो राजनीतिक अवस्था, सीमा समस्याले निम्त्याएको भारतसँगको सम्बन्धबाट सृजित अवस्था, उपनिर्वाचनको परिणामलगायतका विषयमा जानकारी पनि गराएका छन् ।

Source: CanadaNepal

तपाईको प्रतिक्रिया