Skip to content
२०८१, ३० आश्विन बुधबार
Wednesday, October 16, 2024
Nepaliraibar
A leading News Portal from Nepal in Nepali.
Search
Search
गृहपृष्ठ
समाचार
विचार/अन्तर्वार्ता
राजनीति
खेलकुद
अर्थ
प्रदेश
कर्णाली प्रदेश
पालिका विशेष
विविध
मनोरञ्जन
जीवनशैली
पत्रपत्रिका
पर्यटन
बिचित्र संसार
राशीफल
सम्पादकीय
साहित्य
सूचना/प्रविधि
१३औं साग : महिला फूटबलको फाइनलमा नेपाल र भारत भिड्दै
सुरेश आचार्य
।
२०७६ मंसिर २३, सोमबार
काठमाडौं । अन्तिम चरणमा पुगेको १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज विभिन्न प्रतियोगिताका स्वर्ण पदकको छिनोफानो हुनेछ। पोखरा रंगशालामा दिउँसो १ बजे हुने महिला फूटबलको फाइनलमा नेपाल र भारत भिड्दैछन्। पुरुष क्रिकेटको फाइनल खेल पनि आजै हुँदैछ। त्रिबी क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन्। काश्य पदकका लागि विहान ९ बजेछि नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुनेछ। बास्केटबलमा महिला र पुरुष दुवैतर्फ सेमिफाइनलका खेलहरु हुँदैछन्। जुडोतर्फ जुडोतर्फ महिला ७० र ७८ केजी मुनी तथा ७८ केजी माथि ३ स्वर्णपदकको छिनोफानो हुनेछ। पुरुषतर्फ ८१, ९० र एकसय केजी मुनी तथा एक सय केजी माथिका प्रारम्भिकदेखि फाइनलसम्मका खेल हुनेछन्। आज सकिने कुस्ती खेलमा १ सय २५ केजी पुरुष र ६८ केजी महिलातर्फ दुई प्रतिष्पर्धा हुँदैछन्। टेनिसमा पनि आज महिला र पुरुषतर्फ फाइनल खेल हुनेछ। नेपालले अहिलेसम्म ४५ स्वर्ण, ४५ रजत र ७६ काश्यसहित कूल १ सय ६६ पदक जितेको छ। भारत १ सय ३५ स्वर्ण, ७९ रजत र ४१ काश्यपदक सहित २ सय ५५ पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। तेस्रो स्थानको श्रीलंकाले ३६ स्वर्ण, ६९ रजत र ९३ काश्यसहित कूल १ सय ९८ पदक जितेको छ।
तपाईको प्रतिक्रिया
सुरेश आचार्य । २०७६ मंसिर २३, सोमबार