रंगशाला भित्रै पत्रकारमाथि कुटपिट

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङका लागि त्रिपुरेश्वर पुगेका खेलकुद पत्रकारमाथि प्रहरीले कुटपिट गरेको छ ।

१३ औं सागको समापनको रिपोर्टिङका लागि दशरथ रंगशाला पुगेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको हो ।

पुरुष फुटबलको फाइनलको टिकट मूल्यको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेपछि रिपोर्टिङका लागि पुगेका चापागाईलाई प्रहरीले कुटपिट गरेको हो ।

चापागाईलाई डिएसपी एसएस राठोरसहितका प्रहरीले अपशब्द बोल्दै कुटपिट गरेको हो । उनलाई अहिले उपचारको लागि अस्पताल लागिएको छ । उनको कान र पेटमा चोट लागेको छ ।

प्रहरीले पत्रकार चापागाईसहित सर्वसाधारणलाई समेत कुटपिट गरेको छ ।

तपाईको प्रतिक्रिया