भारतका पूर्वोत्तर राज्यहरुमा विरोध

भक्तपुर । हिजो भारतको तल्लो सदन लोकसभाले नागरिकता संशोधन विधेयक पारित गरेर आज माथिल्लो सदन राज्य सभामा पेश हुने पूर्व सन्ध्यामा भारतका पूर्वोत्तर राज्यहरुमा त्यस्को विरोध सुरु भएको छ । भारतका पूर्वोत्तर राज्यहरु आसाम, मिजोरम, नागाल्याण्डलगायतमा विशेषाधिकारसहित नागरिकताको व्यवस्था भएकाले उक्त विधेयक माथिल्लो सदन राज्य सभाले पनि पारित गरेमा स्थानीय जनताको संस्कृतिको जगेर्नामा आँच पुग्ने भन्दै विरोध सुरु भएको हो ।
हिजोको लोक सभाको बैठकमा उक्त विधेयकको पक्षमा ३ सय ११ मत खसेको थियो भने विपक्षमा ८० मत खसेको थियो । विपक्षी भारतीय कांग्रेस उक्त विधेयकको विपक्षमा छ। पूर्वोत्तर राज्यहरुमा विधेयक विरोध स्वरुप मानिसहरु सडकमा निस्कन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । आजको राज्य सभा बैठकमा उक्त विधेयक पेश भएको छ ।

तपाईको प्रतिक्रिया