पोखरा अब आधुनिक सहर बन्दै

भक्तपुर । पोखरा महानगरपालिकाका योजना कार्यान्वयनमा बेलायतको अन्तर्रा्ष्ट्रिय विकास मन्त्रालयले सघाउने भएको छ । नेपाल सहरी उत्थानशीलता परियोजना एन.यू.आर.पी. सञ्चालनका लागि एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । साढे चार वर्ष सञ्चालन गरिने उक्त परियोजनालाई ‘सुदृढ’ नाम दिइएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी र डिएफआइडी उत्थानशीलता तथा समावेशीता टोली प्रमुख प्रमुख साइमन लुकासले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।
परियोजनाले विभिन्न सूचक निर्धारण गरी आर्थिक वृद्धि र अवसरहरुलाई समान वितरणमा सहयोग पु¥याउने प्रमुख लक्ष्य राखेको परियोजनाका राजनीतिक सल्लाहकार तथा पूर्व सचिव कृष्ण ज्ञवालीले जानकारी दिनुभयो । सेवा प्रवाह गर्ने संस्थाको क्षमता विकास गरी दीगो लक्ष्य निर्धारण र व्यवस्थापनमा आइपर्ने चुनौतीलाई सहजतापूर्वक सञ्चालन गर्न परियोजनाले सघाउने उहाँले बताउनुभयो ।
विशेष गरी आर्थिक रुपमा पोखरालाई समृद्ध, सुसंस्कृत र आधुनिक सहर निर्माणमा यो परियोजनाले प्राविधिक रुपमा सहयोग गर्ने सम्झौता पत्रमामा लेखिएको छ । सम्झौता भएको मितिले साढे चार वर्ष महानगरपालिकाको नेतृत्व र स्वामित्वमा सञ्चालन हुुने कार्यक्रममा प्राविधिक सहयोग डिएफआइडीले उपलब्ध गराउने सहमति भएको हो ।

तपाईको प्रतिक्रिया