भक्तपुरमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न

भक्तपुर । भक्तपुरमा एक दिने निशुल्क आँखा, नाक, कान, घाँटी शिविरको सँचालन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाराही उपशाखा भक्तपुर र बाराही युवा सर्कलको संयुक्त आयोजना तथा वि.पि नेत्र प्रतिस्थान बाल आँखा, नाक कान घांटी अस्पताल एवम पुनस्थापना सेवा लोकन्थली भक्तपुरको प्रविधिक सहयोगमा आज सामुदायिक स्वास्थ्य केन्द्र, स्थित भक्तपुर सूर्यविनायकमा एक दिने निशुल्क आँखा, नाक, कान, घाँटी शिविरको सँचालन गरिएको हो ।

जेष्ठ नागरिक तथा सेवाको पहुँच भन्दा वाहिर रहेका विरामीहरुलाई मध्यनजर गर्दै शिविर संचालन गरिएको हो । शिविरमा ८० जनाको आँखा र ६१ जनाको नाक, कान घाँटीका विरामीहरुको परिक्षण गरिएको छ । यस्तै, शिविरमा उपचार हुन नसकेका तथा थप उपचारका लागी २२ जना आँखा तथा १८ जना नाक, कानका विरामीहरुलाई वि.पी नेत्र प्रतिष्ठान चियर्स अस्पतालमा पठाएको थियो ।

फोटो फिचर

तपाईको प्रतिक्रिया