माघे झरीले रुझायो: बिहानैदेखि काठमाडौंलगायत देशका धेरै ठाउँमा वर्षा

काठमाडौं । शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ ।

काठमाडौंमा विहानदेखि सुरु भएको वर्षा दिउँसोसम्म जारी रह्यो । वर्षाका कारण पैदल हिँड्ने, दुई पांग्रे सवारी साधान चलाउने र सडक छेउमा काम तथा ब्यापार गर्नेहरु समस्यामा परे ।

चिसो मौसममा परेको पानीका कारण जाडो पनि बढेको छ । लगातारको वर्षाले काठमाडौंका खोला तथा नदीमा बाढीसमेत आएको छ ।

तपाईको प्रतिक्रिया