दैलेखका नारायण नगर र दुल्लु क्षेत्रमा निषेधाज्ञा

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

कोरोना भाइरसका बिरामी दिनानुदि बढ्दै गएपछि प्रशासनले शुक्रवार साँझबाट लागु हुने गरि दुवै नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

कोरोना भाइरसका कारण दैलेखमा एकजनाको मृत्यु भैसकेको छ। हालसम्म २१८ जनामा संक्रमण देखिएकाले सजगता संक्रमण रोक्न भन्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखले नेपाल राजपत्रमा तोकिएको अत्यावशयक सेवाहरु औषधि पसल, खाद्यान्‍न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा बैंकिङ सेवा, आन्तरिक सुरक्षा खानेपानी, विद्युत् सेवा पेटोलियम पदार्थ दुवानी तथा वितरण, फोहोर मैला व्यावस्थापन बाहेकका अन्य सबै सेवा स्थलहरु अर्को आदेश नभएसम्मका लागि निषेध गर्ने निर्णय गरेको छ।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया