कर्णाली प्रदेश अस्पतालबाट ६ जना संक्रमित डिस्चार्ज हुँदै

सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ६ जना कोरोना संक्रमित शुक्रबार डिस्चार्ज हुने भएका छन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।

कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीका अनुसार वीरेन्द्रनगर नगरपालिका- १ का १६, वडा-३ तातापानीका २६, वडा- ८ का १७, वडा-९ लाटीकोइलीका ११, वडा-४ का ३७ वर्षीय र दैलेखको महाबु गाउँपालिका-१ का २६ वर्षीया पुरुष छन्। उनीहरु सबैलाई शुक्रबार साँझ डिस्चार्ज गर्ने तयारी थालेको छ ।

अस्पतालले शुक्रबार ८ आठ जनालाई पडाउँने तयारी गरेपनि दुइ जनाको भने रिर्पोट पोजेटिभ आएपछि ६ पुरुषलाई मात्र पठाउन लागिएको हो । ती मध्ये बोल्न नसक्ने एक जना पुरुषको ठेगाना पता नलागेकाले मानव सेवा आश्रम यात कुनै जेष्ठ नागरिक केन्द्रमा रोख्ने अस्पतालको तयारी छ ।

तपाईको प्रतिक्रिया