बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। उनले महाराष्ट्रको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका हुन्। आत्महत्याको कारण खुलेको छैन।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले घटनाको अनुसन्धान गरिररहेको छ।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका उनले पछिल्लो समयमा ठूलो पर्दामा आफूलाई प्रमाणित गरेका थिए। उनले ‘डिटेक्टिव ब्योमकेस बक्सी !’, ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ लगायत फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए।

उनले ‘किस देश मे है मेरा दिल’ टेलिभिजन सिरियलबाट आफ्नो करिअर सुरु गरेका थिए।

तपाईको प्रतिक्रिया