पर्सामा ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पर्साको पोखरिया नगरपालिकामा काम गर्ने एक एम्बुलेन्स चालकसहित ५ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको नारायणी अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार पर्सामा थपिएका १७ जना संक्रमितमध्ये स्वास्थ्यमकर्मी पनि परेका हुन्। थपिएका संक्रमित बारा, रौतहट र सर्लाहीका हुन्।

भारतबाट फर्किएर क्वारेन्टिनमा राखिएकाहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जनाए।

तपाईको प्रतिक्रिया