दैलेखमा कोरोना संक्रमित ५ सय ३९, थप ३७ जनामा पुष्टि

दैलेख : दैलेखमा आइतबार ३६ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३९ पुगेको छ।

दैलेखमा कर्णालीका १० जिल्लामध्ये संक्रमितको संख्या धेरै छ।  केही समय अगाडिसम्म भारतबाट जिल्ला भित्रिएका नागरिकमा कोरोजना पुष्टि हुने गरेको भए पनि अहिले समुदायका अन्यमा पनि कोरोना देखिन थालेको छ।

तर सम्बन्धित निकायले भने समुदायमा कोरोना फैलिएको पुष्टि गरेका छैनन्।  प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको परीक्षणमा आइतबार कोरोना पुष्टि भएका नौमुले गाउँपालिका १ का १८ वर्षीयदेखि २८ वर्षीयसम्मका १३ जना पुरुष छन्।  सोही गाउँपालिका २ का १८ देखि २२ वर्षीय ४ जना पुरुष समेत छन् ।

त्यसैगरी वडा नम्बर ३ का १६ देखि २८ वर्षीय ३ जना पुरुष, वडा नम्बर ५ का १९ र २२ वर्षीय २ जना पुरुषसमेतमा कोरोना संक्रमण भेटिएको छ।

त्यसैगरी नौमुले ६ का २२ र २३ वर्षीय २ पुरुषमा पनि कोरोना देखिएको छ।  नौमुलेकै ७ र ८ का १८ देखि ३५ वर्षीय १० जना पुरुष र २० वर्षीय एक महिलामा संक्रमण पाइएको छ। त्यस्तै नारायण नगरपालिका २ कान २ जना पुरुषमा कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया