अवरुद्ध राजमार्ग २४ घण्टाभित्रै सञ्चालनमा आउने

कर्णाली राजमार्गमा पहिरो पन्छाउने काम जारी, अलपत्र परे यात्रु (भिडियो सहित)

सुर्खेत । अवरुद्ध कर्णाली राजमार्गमा पहिरो पन्छाउने काम जारी छ । निरन्तरको भारी वर्षासँगै शुभकालिका गाउँपालिकाको १ स्थित गगने खोला, काले खोला, जिते, शेरिघाट, मान्म, गल्ली, सिम्लेगाड लगायतका दर्जनौ ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले पहिरोका कारण राजमार्ग बन्द रहेको कताए । कालिकोट र दैलेखको सिमाना दहीखोलादेखि नाग्मसम्म दर्जनौं ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सकस भएको छ ।

कालिकोटका पत्रकार विष्णुप्रसाद न्यौपानेका अनुसार कर्णाली राजमार्गको दैहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठूलो पहिरो खसेको छ । अधिकांश ठाउँको पहिरो हटाइसकेको र त्यो नै अन्मित हटाउन बाँकी पहिरो भएकाले थप पहिरो नखसे बुधबारभित्रै राजमार्ग खुल्ने उनले बताए । डिभिजन सडक कार्यालय जुम्लाको डोजर कालिकोट जिल्ला सदरमुकाम मान्मदेखि दैलेखतिरको सडकमा पहिरो पन्छाउँदै आएको हो ।

गगने खोलामा निकै ठूलो चट्टानबाट पहिरो खसिरहेको छ । दैनिक रुपमा गगने खोलामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुने गरेको हो । गगने खोलाको पहिरोका कारण कर्णाली राजमार्गमा संचालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन र यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।

यात्रुहरुले पहिरो क्षेत्रमा जोखिम मोल्दै हिडेर वारपार गर्ने गरेका छन् । कतिपय सवारी तथा यात्रु बाटोमै अलपत्र छन् । राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सवारी फेर्दै पाँच दिन लगाएर सुर्खेत पुगेका बालाबहादुर बोहोराले कोरोनाको त्रास फैलिएको बेला राजमार्गका कारण त्यहाँका होटलहरुले निकै महंगी बढाएको बताए ।

तपाईको प्रतिक्रिया