कांग्रेसले ३० जिल्लालाई गर्‍यो आर्थिक सहयोग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी–पहिरो प्रभावितको उद्वार र राहतका लागि ३० जिल्लालाई आर्थिक सहयोग गरेको छ । कांग्रेसले बाढी–पहिरो प्रभावितको उद्धार र राहतका लागि ३० जिल्लालाई पार्टीका तर्फबाट डेढ लाख रुपैयाँ दरले आर्थिक सहयोग गरेको हो ।

बाढी–पहिरो प्रभावितको उद्धार र राहतमा खर्च हुने गरी उक्त रकम जिल्ला कार्यसमितिका नाममा पठाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की जिल्लालाई कांग्रेसले आर्थिक सहयोग गरेको हो ।

“नेपाली कांग्रेस हरेक मानवीय पिडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा कार्य गर्दै आएको छ । यसक्रममा बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्‍याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट रू. ४५,००,०००।– (पैंतालीस लाख) ‘स्नेहको सानो सहयोग’ का रुपमा १,५०,०००– (एक लाख पचास हजार) रुपैयाँका दरले पहिलो चरणमा निम्न ३० जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा पठाइएको छ,” मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया