जुम्लामा एकै पटक ५६ जनामा संक्रमण पुष्टि

जुम्लामा पहिलो पटक ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाका हिमा गाउँपालिकाका ८ जना र चन्दननाथ नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्यााक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

एकसय २९ जनाको नमुना संकलन गरिएकोमा हिमा गाउँपालिकाका ५१ जना र नाग्मका पाँच जनामा संक्रमण पुष्टि भएको हाे । प्रतिष्ठानकाे आइसोलेसन वाडमा १४ जना संक्रमितको उपचार उपचार भइरहेको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए । जुम्लामा एकै पटक धेरै संख्यामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । जुम्लाको चन्दननाथ नगरपालिकासहित सातवटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । गत शुक्रबारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मको लागि जारी रहने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । यस्तै हिमा गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया