कर्णाली प्रदेशमा थप ६२ जना कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार थप ६२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार ५६, प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेषण प्रशोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जना र चौरजहारी नगरपालिका पीसीआर परीक्षण प्रयोगशाला रुकुमपश्चिमा ३ जना गरी थप ६२ जनामा कोरोना पृष्टि भएको हो ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या र्२ हजार २ सय २५ पुगेको छ । हालसम्म कर्णालीमा एक हजार नौँ सय ४५ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा जम्मा २ सय ७४ जना मात्रै रहेका छन् । कर्णालीमा हालसम्म ५० हजार ९ सय ३९ जनामाको पीसीआर परीक्षण गरिएको छ ।

जुम्लामा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमै कोरोना फैलिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलका अनुसार जुम्लाको हिमा गाउँपालिकाका ८ जना र चन्दननाथ नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्यााक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।

एकसय २९ जनाको नमुना संकलन गरिएकोमा हिमा गाउँपालिकाका ५१ जना र नाग्मका पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए । हाल प्रतिष्ठानको आइसोलेसन वाडमा १४ जना संक्रमितको उपचार भइरहेको छ । जुम्लामा एकैदिन धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यसले समुदाय स्तरमै कोरोना फैलिएको पृष्टि हुन्छ ।

तपाईको प्रतिक्रिया