
सुर्खेत । कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय मात्रै रहेको छ । मंगलबार थप १८ जनामा कोरोना पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको हो ।
कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३ सय १३ रहेको छ । जसमा २ हजार ७ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् । भने सक्रिय विरामीको संख्या ३ सय रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ ।
मंगलबार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ११, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ६ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिएका हुन् ।
जसमा सुर्खेतका ४, दैलेखका ४, सल्यानका २, धनुषा १, कञ्चनपुर १, कालिकोट ४ र जुम्लाका १ जना रहेका छन् ।

नेपालीरैबार । २०७७ भाद्र ९, मंगलवार