२४ घण्टामा ११ सय ११ मा संक्रमण, देशभर संक्रमितको संख्या ३५ हजार ५२९  पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३ सय ३४ महिला र ७ सय ७७ पुगेर गरेर २४ घण्टामा ११ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ११ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ४७ हजार ८८१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया