मध्यपश्चिम विश्व विद्यालयले अनलाईनबाटै परीक्षा लिने

सर्खेत । कोभिड १९ का कारण मध्यपश्चिम विश्व विद्यालयले अनलाईनबाट पनि परीक्षा लिने भएको छ । विश्व विद्यालयले भदौ १२ गतेबाट अनलाईनबाट मिडटर्म परीक्षा लिने भएको मानविकी तथा समाजशास्त्र संकाय क्याम्पस प्रमुख तेज बिक्रम बस्नेतले बताए । उनका अनुसार कोभिड १९ को समस्याका कारण विद्यार्थीलाई यो सुविधा दिईएको हो । अनलाईन परीक्षामा कम्यूटर नजान्नेहरुका लागि अफलाईन हातले लेखेर स्क्यान र फोटो खिचेर पठाउनुपर्नेछ ।

विश्व विद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले कोभिडको समस्याका कारण विद्यार्थीलाई सजिलोका लागि प्रश्न पठाएर परीक्षा दिने व्यवस्था गरिएको बताए । विद्यार्थीले भने तोकिएको समयमा उत्तर पठाउनु पर्ने भएको छ । उनले विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन अनुराेध गरेका छन् ।

डा. सिंहका अनुसार अहिले मध्यपश्चिम विश्व विद्यालयका ५ संकाय, १० वटा क्याम्पस र २ स्कुल रहेका छन् । जसमा सवै विद्यार्थी परीक्षामा सहभागी हुने अनुमान गरिएको छ । डा. सिंहले अनलाईन प्रणालीबाट परीक्षा लिने बिषयमा गत साउन १९ गतेको निर्णय अनुसार नियमानुसार परीक्षा संचालन गरिने बताए ।

आम संचार तथा पत्रकारिता विभाग प्रमुख यूवराज शर्माका अनुसार कोभिडले विद्यार्थीको सेमेष्टारनै खेर जाने भएकाले विश्वविद्यालयले उपयोग गर्दै अनलाईन र अफलाईन परीक्षा गर्न थालेको जानकारी दिए ।

उनका अनुसार यदी यो परीक्षाा नगरीए पठन पाठननै समस्या हुने भएकाे हाे । कोभिड शुरु भएदेखीनै विश्व विद्यालयले अनर्लाइन कक्षाहरु समेत शुरु गरेर पढाई गर्दै आएको छ । अनलाईनबाटै कक्षा संचालन भएर अगाडि बढ्नु समग्र विद्याथी र अझै सुर्खेत बाहिरका विद्यार्थीका लागि ठूलो अवसर भएको बर्दियाका आम संचार र पत्रकारिता बिषयमा अध्ययनरत विद्यार्थी सावित्री गिरीले बताइन् ।

तपाईको प्रतिक्रिया