

सुर्खेत । कालिकोटको तिलागुफा गाउँपालिका १ नाग्म बजारमा गएको पहिरोले एक बालकको मृत्यु भएको छ । भने दुर्इजना घाइतेको जिवितै उद्धार गरिएको छ ।
अविरल बर्षाका आइतबार बिहान १० बजे तिर घर भन्दा ३० मिटर माथीबाट पहिरो खस्दा झण्डै पाँचवटा घरहरु पुरिएको अनुमान छ । जिल्ला प्रशासान कार्यालय कालिकोटका प्रमुख चन्द्रप्रसाद गैरेले घटनास्थलमा अहिले सुरक्षकर्मी सहितकाे उद्धार टोली खटिएको बताए ।
टेलिफोन नेटवर्क सम्मस्याका कारण थप जानकारी नभएको उनले बताए । साथै उक्त पहिरोमा परी मृत्युहुनेमा पाँच बर्षका निराजन शाही रहेका छन् । दुर्इ जनाको जिवितै उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लिईएको छ ।
पुरीएका घरभित्मार पनि मान्छे रहेकाे अनुमान गरिएकाे छ । तर मान्छै छन् या छैनन भन्ने बिषय अन्यौलमै रहेको छ । थप समस्या आएमा हेलिकप्टरको माध्यमबाट उद्धार गर्नको लागि जिल्ला प्रशासन तयारी अवस्थामा रहेको छ ।

नेपालीरैबार । २०७७ भाद्र १४, आईतवार