
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका दस एजेन्डा सार्वजनिक गरेका छन्। नेता पौडेलले १४ औं महाधिवेशन नजिकिएपछि पार्टी सुधारका लागि १० बुँदे एजेन्डा सार्वजनिक गरेका हुन्।
पौडेलले अघि सारेका पार्टी सुधारका एजेन्डामा संविधान लागू गर्नेदेखि कांग्रेस विचार शून्य तथा दिशाबिहीन छैन भन्ने सावित गराउने गराउनेसम्मका विषय समेटेका छन्। नेता पौडेलले सुशासन लागू गराउनेदेखि कम्युनिस्ट शब्दजालबाट जनतालाई मुक्त गराउनेसम्मका प्रतिवद्धता जनाएका छन्।
पौडेलले सार्वजनिक गरेका १० बुँदे एजेन्डा
- नेपालको वर्तमान संविधान लागू गर्ने,
- कांग्रेसको विधान पालना गर्नेरगराउने,
- नेपालको उन्नतीको बाटो देखाउने,
- सुशासन लागू गराउने,
- नेपालको असंलग्नता र तटस्थतालाई बचाउने,
- कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने,
- कम्युनिस्ट भ्रष्ट र शब्दजालबाट जनतालाई मुक्त गराउने,
- जनतामा देशक्तिको भावना जगाउने,
- संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने र
- कांग्रेस विचार शून्य तथा दिशाबिहीन छैन भन्ने सावित गराउने।
नेता पौडेलले सामाजिक सञ्जालमार्फत् दस एजेन्डा सार्वजनिक गरेका हुन्। व्याख्यासहित १० बुँदे एजेन्डाको विवरण केही दिनमै सार्वजनिक हुने पौडेलको निजी सचिवालयले जानकारी दिएको छ।

नेपालीरैबार । २०७७ भाद्र १४, आईतवार