कालिकाेट पहिराे घटना : एकै परिवारका ४ को मृत्यु, ३ जना अझै वेपत्ता

सुर्खेत । कालिकाेट पहिराे घटनामा मृत्यु हुनेकाे स‌ख्या चार पुगेकाे छ । उनीहरु सबै एकै परिवारका सदस्य हुन् । जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा अाइतबार बिहान गएको पहिरोमा मृत्यू हुनेको संख्या चार पुगेको हाे ।

जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाका अनुसार पहिरोमा पुरिएर नाग्म बजारका स्थानीय चार जनाको मृत्यू भएको छ । नाग्म कालिकोट र जुम्लाकोे सिमाना हाे । पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार व्यवसाय गरी बसेका वर्ष ४० का परेक शाही, उनको छोरा बर्ष ५ को निराजन शाही, उनको दुई महिनाको छोरा अक्कल शाही, ७ बर्षकी छोरी हिमा शाही रहेका छन् ।

उनकी श्रीमति पुन्या शाही र स्थानीय अर्जुन हमालको जिवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।पहिरोमा तीन जना अझै वेपत्ता छन् ।  उनीहरुको खोजी कार्यमा नेपाल प्रहरी, सशष्त्र प्रहरी र स्थानिय लागिरहेका छन् । पहिरोमा चार घर पुरिएका छन् ।

तपाईको प्रतिक्रिया