कालीकाेट अपडेट : नाग्म बजारमा खसेको पहिरोले पुरिँदा आठ जनाको मृत्यु, दुई अझै वेपत्ता

सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

आइतबार बिहान गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानीयसहित आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिएका छन् ।

उनका अनुसार कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही छन् ।

यस्तै, सोही ठाउँका ३५ वर्षीय मनविर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाइ, उनका २५ वर्षीय श्रीमती छोइनु दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाई रहेको डिएसपी ओलियाले बताए ।

पहिरोमा बेपत्ता भएका भेरीगंगा नगरपालिका–१० सुर्खेतका आइपी खड्का र अमृत थापाको खोजी जारी रहेको ओलीयाको भनाई छ ।

उनीहरुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लागिरहेका छन् । पहिरोमा परेर घाइते भएका पुन्या शाही र स्थानीय अर्जुन हमालको जिवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

याे पनि पढ्नुहाेस् : कालिकाेट पहिराे घटना : एकै परिवारका ४ को मृत्यु, ३ जना अझै वेपत्ता
याे पनि पढ्नुहाेस् :  कालिकोटमा पहिरो जादाँ एकको मृत्यु, दुईको उद्धार, पाँच घर पुरीए

तपाईको प्रतिक्रिया