
रूकुम । रूकुममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसबीच सर्वसाधारणलाई पार्टी प्रवेश गराउने प्रतिष्पर्धा चलेको छ। कोरोना महामारीका कारण विश्व नै थलिएको र ब्यापक सजगता अपनाउनुपर्ने बेला जिल्लाका प्रमुख दुई दलहरू भीडभाडसहित यस्तो प्रतिष्पर्धामा उत्रिएका हुन्।
दुवै पार्टीका नेतारकार्यकर्ताहरू एक(अर्को पार्टीका सदस्यहरूलाई आफू संलग्न पार्टीमा भित्र्याउन कस्सिएर लागेका छन्। स्थानीय जनप्रतिनिधिसमेत यस्तो कार्यमा लागेका छन्।पछिल्लोपटक जिल्लामा महामारीकै बीच कांग्रेसले पहिलोपटक पार्टी प्रवेशको कार्यक्रम आयोजना गरेको थियो। कांग्रेस रूकुम पश्चिमले बाँफिकोटमा साउनको अन्तिम साता नेकपा कार्यकर्ता नरबहादुर खड्कालाई पार्टीमा भित्र्याएको थियो।
भदौ पहिलो साता पनि कांग्रेसले आठबीसकोटमा नेकपाबाट जिल्ला समन्वय समिति रूकुम पश्चिमको सदस्यमा निर्वाचित सदस्य अमृत बोहरा लगायतलाई पार्टी प्रवेश गराएको थियो। महाधिवेशन नजिकिएकोले कांग्रेसले गाउँ(गाउँमा सदस्यता वितरण र नवीकरणको काम गरिरहेको कांग्रेस रूकुम पश्चिमका नेता हर्कसिंह खत्रीले बताए।
दुई ठाउँमा कांग्रेसले पार्टी प्रवेश गराएपछि नेकपा रूकुम पश्चिमले पनि आफ्नो पार्टीमा प्रवेश गराउने अभियान थालेको छ। भदौको दोस्रो साता नेकपा रूकुम पश्चिमले चौरजहारी नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो। चौरजहारी नगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडासदस्य पुस्कर राणासहितका कार्यकर्ताहरु उक्त कार्यक्रममा प्रवेश गरे।
जसअनुसार रूकुम पश्चिमको आठबीसकोटमा आफ्ना जनप्रतिनिधिलाई पार्टी प्रवेश गराएको कांग्रेसलाई नेकपाले पनि त्यसको साटो फेरेको हो। केहि दिनअघि मात्रै पनि नेकपाले रूकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका स्थानीय युवा नेता महेन्द्र ओलीको नेतृत्वमा एक दर्जन कार्यकर्ता नेकपामा प्रवेश गराएको छ। पार्टीका केन्द्रीय सदस्यद्वय राजकुमार शर्मा र वसन्त शर्माको उपस्थितिमा कांग्रेसका स्थानीय नेतारकार्यकर्ता पार्टी प्रवेश गरेको बताइएको छ। थाहाँ खबरबाट ।

नेपालीरैबार । २०७७ भाद्र १८, बिहीबार