जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई काेराेना पाेजेटिभ

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ। जनताको जीवन सुरक्षा गर्ने क्रममा कोरोना देखिएको सामाजिक सञ्जाल फेसबुक मार्फत थापाले जानकारी गराएका छन् ।

‘काँधमा जिम्मेवारी र हृदयमा ईमान्दार बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्धमा अहोरात्र खटिदा आज आफु पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु’ थापाले भनेका छन्, ‘अहिले आफु आइसोलेसनमा बसेको र कार्यालयसंग सम्बन्धित कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अनुरोध गर्दछु ।’ छिट्टै काेराेनालाई जितेर सेवामा फर्किने आशामा रहेको र सबैलाइ सुरक्षित रहन थापाले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया